📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

बाँकेमा सिकलसेल एनिमिया बिरामी वृद्धि

🕒 June 27, 2022

थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ । खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरु भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको हो । स्वास्थ्य कार्यालय, बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिकामा भेटिएका थप पाँच सिकलसेलका बिरामीसहित सो पालिकामा बिरामीको सङ्ख्या २३ पुगेको छ । सबै पालिकामा भएका विभिन्न परीक्षणबाट खास सङ्ख्या नआएकाले जिल्लामा अझै कति बिरामी छन् भन्ने खुल्न नसकेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिनुभयो ।

उहाँले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क उपचारले केही राहत भए पनि थालसेमियाका बिरामीले सो राहत नपाएको बताउनुभयो । यसका बिरामी पनि कति छन् भन्ने खुल्न सकेको छैन । सो पालिकामा थारु समुदायका ९ र १० कक्षामा अध्ययनरत विद्यार्थी, बिरामी र बाहकमा जेठ १६ देखि असार १० गतेसम्म परीक्षण गरिएको थियो । अझै पनि स्क्रिनिङ कार्य जारी रहेको उहाँले जानकारीदिनुभयो ।

कतिपय बिरामी त विभिन्न शारीरिक समस्या देखिएपछि छिटो निको हुने आशमा निजी अस्पताल र मेडिकल धाउँदा लाखौँ रकम खर्च भएको र त्यस्ता शारीरिक समस्याको निको पनि नभएको बताउँछन् । सिकलसेल एनिमियाका बिरामी केही त्यस्ता छन् जसलाई सरकारले रु एक लाखसम्म निःशुल्क उपचार गर्छ भन्ने कुराको समेत जानकारी नहुँदा विभिन्न अस्पताल र मेडिकल कलेजमा सास्ती खेपेका छन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुर निवासी २८ वर्षीय रामकृष्ण थारुले आफूलाई सिकलसेलको निःशुल्क उपचारबारे जानकारी नभएको उल्लेख गर्दै शारीरिक समस्याका कारण निजी अस्तालमा मोटो रकम खर्च भएको बताउनुभयो । उहाँले ऋण खोजेर जम्मा गरेको रु ७० हजार खर्च भएको जानकारी दिँदै आफूलाई सिकसेल एनिमियाको समस्या नभए पनि छोरा र श्रीमतीमा सो समस्या आएको बताउनुहुन्छ । सिकलसेलविज्ञ डा राजन पाण्डेले रोग पत्ता लगाएर पनि बिरामीले लाखौँ खर्च गरेको उल्लेख गर्दै रगत परीक्षण नै सिकलसेल एनिमियाको दिगो समाधान भएको बताउनुभयो ।

उहाँले विवाह कुण्डली मिलाएर सिकलसेल एनिमियाको न्यनीकरण गर्न सकिने उल्लेख गर्दै सिकलसेलको बाहकका लागि औषधि आवश्यक नपर्ने बताउनुभयो । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’भनिएको छ । “अहिलेको पुस्तामा रोग देखिएको छैन । तर उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ । यो रोग अफ्रिका, भारतलगायतका मुलुकमा रहेको छ । थारु समुदायबाहेक बाहुन, क्षेत्री, मगरमा पनि सिकलसेल देखिएको बताइएको छ । थारु बाहुल्य बाँके र बर्दियामा मात्रै पहिचान भएको करिब चार हजार सिकलसेलका बिरामी छन् ।

डा पाण्डेले दुर्गम स्थानमा रहेका बिरामीलाई स्थानीयस्तरमा नै सिकलसेलको औषधि उपलब्ध गराइने उल्लेख गर्दै नेपालगञ्ज धाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । “गम्भीर समस्या भएमात्रै भेरी अस्पताल आउनुहोला नभए स्थानीयरुपमा नै औषधिको व्यवस्थापन गरिने छ”, उहाँले भन्नुभयो । जिल्लाको राप्तीसोनारी गाउँपालिकाबाहेक कोहलपुर नगरपालिकामा यसको समस्या देखिएको र सम्भावित सबै पालिकबाट तथ्याङ्क आएपछि जिल्लामा सिकलसेलका बिरामी निश्चित हुने बताइएको छ ।

स्वास्थ्य कार्यालयले राप्तीसोनारीमा आयोजना गरेको स्क्रिनिङ शिविरमा ५७२ को रगतको नमूना जाँच गर्दा ९६ सिकलसेल तथा थालसिमियाका बिरामी तथा बाहक फेला परेका थिए । तीमध्ये ५८ सिकलसेल बाहक भेटिएका थिए । त्यस्तै बिटाथालसेमिया बाहक ३३ फेला परेका थिए ।