📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

मन्त्रालयगत छलफल सकियो

🕒 June 27, 2022

प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयक अन्र्तगत तीन मन्त्रालयसँग सम्बन्धित छलफल समाप्त भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय, कृषि मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको हो ।

छलफलमा प्रदेशसभा सदस्य हिक्मतकुमार कार्कीले समग्रमा यो बजेट प्रदेश अनुकूल नभएको बताउँदै घाटा बजेटले जनताको चाहनाअनुसारको योजना सम्पन्न हुने कुरामा शङ्का व्यक्त गर्नुभयो । अर्का सदस्य चुमनारायण तवदारले कृषि विकासको मूल आधार भएकाले कृषकले पाउने अनुदान, सहुलियत ऋण झन्झटिलो हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।

सदस्य अम्बिका थापा, उत्तमकुमार बस्नेत, नारायणबहादुर मगर, बलबहादुर साम्सुहाङ, विमल कार्की, राजकुमार ओझा, लक्ष्मण तिवारी, शिवनारायण गनगार्इं, सीतादेवी थेवे र हिराकुमार थापालगायतले बजेटको विविध पक्षमा चर्चा गर्नुभएको थियो ।

शून्य समय

देशसभा सदस्य इन्दिरा राई, कृष्णकुमारी राई, वसन्तकुमार बानियाँ, बुद्धिकुमार राजभण्डारी, मोहनकुमार खड्का, लीला सुब्बा र सर्वध्वज सावाले मुलुकमा महँगी बढेका कारण जनताले भोग्नुपरेको समस्या, सिँचाइका लागि पैनी, खानेपानी, विपद् परेका जनतालाई राहत वितरण जस्ता विषयमा बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक मङगलबार बिहान ११ः३० मा बस्नेछ ।