📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र
Top Ad

मदन भण्डारीको शालिकमा श्रद्धाञ्जलि

🕒 June 28, 2022

तत्कालीन (नेकपा एमाले)का महासचिव मदनभण्डारीको ७१औँ जन्मजयन्तीको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका – ११ मा स्थापना गरिएको शालिकमा आज पुष्पगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरियो । कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, नेकपा एमाले संसदीय दलका बागमती प्रदेशका नेता अष्टलक्ष्मी शाक्यलगायत प्रदेशसभाका सदस्यले पुष्प गुच्छा चढाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

सोही अवसरमा मदनभण्डारी फाउण्डेशन मकवानपुरद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । हेटौँडाको विभिन्न स्थानमा भएको उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गर्नुभएको हेटौँडा रक्तदान केन्द्रले जनाएको छ ।