📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र
Top Ad

‘मुलुकको समृद्धिका लागि माओवादी एकता आवश्यक’

🕒 June 29, 2022

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधिनता र परिवर्तनका लागि माओवादी धारका नेता कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी धार एक ठाउँमा केन्द्रित भएर नयाँ अभियान सञ्चालन गर्नुपर्छ भन्नुभयो ।

उहाँले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता, समाजवादका आधार निर्माण, देशलाई विकास र समृद्धिको यात्रामा लैजानका लागि सबै माओवादीले एकपटक आत्मसमीक्षा गरेर एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “माओवादी आन्दोलनको बलमा नै मुलुकमा परिवर्तन आएको तथ्य जगजाहेर छ । परिवर्तनको स्वामित्व माओवादीले लिनुपर्छ । अब जनता पनि आजित भए । अब तिमी माओवादी एकै ठाउँमा बस भनेर सबैलाई भन्न थाले । कार्यकर्ताको भावना पनि चुनाव नै हो भन्ने देखियो । ”

माओवादी मात्रै मिलेर समाजवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने भ्रममा पनि नपर्न आग्रह गर्दै उहाँले सबै सच्चा कम्युनिष्टलाई एकीकृत र केन्द्रिकृत गर्नुपर्ने उहाँले बताउनुभयो । “माओवादी बाहिर रहेका सच्चा कम्युनिष्टलाई एकताबद्ध पनि गर्नुछ”, उहाँले भन्नुभयो, “माओवादी बाहिर पनि स्वाधिनताको पक्षमा लड्ने क्रान्तिकारी छन्, उनीहरुलाई पनि समेट्नुपर्छ ।”

नेकपा (एमाले)भित्र पनि वर्तमान नेतृत्व बाहेक समाजवादको यात्रामा अगाडि बढ्न चाहने त्यहाँ हजारौँ नेता कार्यकर्ता रहेको उल्लेख गर्दै उहाँले उनीहरुलाई पनि एकताबद्ध बनाएर लैजान सकिने बताउनुभयो । “एमालेभित्रका हजारौँ नेता कार्यकर्तालाई एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिँदो रहेछ भनेर मैले तीन वर्ष अनुभव गरेँ”, तत्कालीन नेकपाको अध्यक्षसमेत रहनुभएका दाहालले भन्नुभयो, “हामी माओवादीले एमालेमा बीउ रोपेर आएको छौँ, केही समयपछि त्यो फुल्छ, फल्छ ।”