📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

कारागार भवन निर्माण अन्तिम चरणमा

🕒 June 30, 2022

बाँकेको बैजनाथ गाउँपालिका–२ स्थित नौवास्तामा क्षेत्रीय कारागारको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।अत्याधुनिक सुविधासम्पन्न सो कारागारको विद्युत्, सिसीटिभि जडानलगायतका केही काम बाँकी रहेको र केही महिनापछि कारागार सञ्चालनमा आउने जिल्ला कारागार बाँकेका जेलर रामकुमार सोनकरले जानकारी दिनुभयो । चार युनिट रहेको कारागारमा दुई भवनमा २८ कोठा छन् । चिया, खाजा र पसल सञ्चालन गर्न एउटा वर्कसप हलसमेत निर्माण भएको छ ।

तीन हजार क्षमताका कारागारमा जिल्ला कारागारमा रहेका अधिकांश थुनुवा र धेरै थुनुवा रहेका कारागारबाट समेत उनीहरुलाई स्थानान्तरण गरिने जेलर उहाँले बताउनुभयो । खासगरी रोल्पा, दैलेख, कास्की, रुपन्देही, अछामलगायतका जिल्लाबाट समेत बन्दी जीवन बिताएका उक्त कारागारमा स्थानान्तरण हुनेछन् ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कारागार छिट्टै सञ्चालन हुने जानकारी दिँदै नयाँ अत्याधुनिक कारागार बनेपछि बन्दीहरूलाई राहत हुने विश्वास व्यक्त गर्नुभयो । दश बिघा क्षेत्रफलमा रु. ४१ करोडको लागमा निर्माण भइरहेको सो कारागार निर्माण भएपछि जिल्ला कारागारमा रहेका ७५६ मध्ये बिरामी थुनुवाबाहेक करिब ५०० थुनुवालाई क्षेत्रीय कारागारमा स्थानान्तरण गरिने जेलर सोनकरले जानकारीदिनुभयो ।

आर्थिक वर्ष २०७२÷७३ बाट निर्माण सुरु हुने भनिएकामा निर्माण कम्पनीले काम नगर्दा क्षेत्रीय कारागारको निर्माणकार्य ढिलो भएको बताइएको छ । अब धेरै काम सम्पन्न भइसकेको छ, त्यसैले दशैँलगत्तै कारागार सञ्चालनमा आउँछ जिल्ला कारागारका जेलर सोनकरले भन्नुभयो । तीन सय ५० जनाको क्षमता भएको जिल्ला कारागार अहिले दोब्बरभन्दा वढी बन्दी हुँदा उनीहरुले सास्ती खपेका छन् ।