📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

पनौती नगर : धार्मिक र साहसिक खेल–पर्यटनको गन्तव्य

🕒 June 30, 2022

काभ्रेपलाञ्चोक, १६ असार (रासस) : ऐतिहासिक सम्पदाको धनी पनौती नगरमा धार्मिक र साहसिक खेल–पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको छ । पर्यटनका रणनीतिक योजना तथा पूर्वाधार निर्माण गर्न आर्थिक वर्ष २०७९÷८० मा आवश्यक बजेट विनियोजन गरिएको छ ।

एतिहासिक एवं पुरातात्विक पनौती बजार, इन्द्रेश्वर मन्दिर तथा त्रिवेणी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न थप पूर्वाधार निर्माण गरिने भएको छ । नगरका सबै धार्मिक तथा पर्यटकीय क्षेत्रको सहज भ्रमण गर्न आवश्यक पूर्वाधार तथा सुविधा उपलब्ध गराइने नगरप्रमुख रामशरण भण्डारीले बताउनुभयो । यस वर्ष हाइकिङ ट्रेलको विकास, विस्तार तथा प्रचार गरिनेछ । साहसिक खेलजन्य गतिविधिको प्रवद्र्धनार्थ प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, साइक्लिङजस्ता इभेन्ट सञ्चालन गर्ने उहाँको योजना छ ।

होमस्टे प्रवद्र्धन तथा नियमन गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । पर्यटन विकाससम्बन्धी गुरुयोजना तर्जुमा गरिनेछ । नगरले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न आवश्यक कार्ययोजना बनाई लाकुरी भञ्ज्याङ–पनौती–बल्थली साइक्लिङ मार्गको प्रचारप्रसारसमेत गर्ने भएको छ । आन्तरिक एवं बाह्य पर्यटनको प्रवद्र्धनार्थ पनौती–११ लड्कु खोलाको विभिन्न स्थानमा साना–ठूला बाँध निर्माण गरी सफा पानीमा पौडी खेल्ने व्यवस्था मिलाइने छ ।

नगरले आन्तरिक र बाह्य पर्यटकलाई आवश्यक सूचना प्रवाहमा थप सहजताका लागि पर्यटन सूचना केन्द्र स्थापना गर्ने भएको छ । पर्यटन गन्तव्यबारे प्रकाशन, प्रशारण गरिने छ भने पर्यटकको बसाई लम्ब्याउन विभिन्न हाइकिङ पथको पहिचान र विकास गरिने नगरको कार्यक्रममा उल्लेख छ । “पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन पर्यटनमैत्री शौचालयको व्यवस्था गर्न लागेका छौँ”, भण्डारीले भन्नुभयो ।

होटल व्यवसायीबीच समन्वय गरी ‘सोभिनियर सेन्टर’को विकास गर्ने नगरको योजना छ । स्थानीय मौलिक संस्कृतिको जगेर्ना गर्दै त्यस्ता सांस्कृतिक सम्पदा र गतिविधिलाई पर्यटनसँग जोडि आवश्यक कार्य गर्ने तथा व्यवस्थित बनभोजस्थल निर्माण गरी पर्यटकलाई आकर्षण गर्ने नगरले कार्यक्रम बनाएको छ ।

नगरले यसअघि गत वर्ष चैतमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङको सुरुआत गरेको

थियो । नगरको १ नम्बर वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नम्बर वडाको नागीडाँडासम्म ६ किलोमिटर साइक्लिङ टे«लरुट तय गरिएको छ । नगरको आयोजनामा ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानडा र भारतका करिब २०० राइडरले साइक्लिङ गरेका थिए ।

यसैगरि पनौती धार्मिक, ऐतिहासिक, सांस्कृतिकसँगै ‘एग्रो टुरीजम्, एड्भेन्चर टुरीजम’ कार्यक्रम अघि सारिएको छ । नेपाल पर्यटन बोर्डले गत वर्ष असोजमा पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको थियो । यसका लागि बोर्डले पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै प्रचार सामग्रीसमेत सार्वजनिक गरेको छ ।

पनौती नगर क्षेत्रका मनोरम पहाड, खेत, हिम–शृङ्खलाको दृष्यावलोकनले आन्तरिक एवं बाह्य पर्यटकलाई आनन्दित तुल्याउनेछ । साहसिक पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको उल्लेख गर्दै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक–क्लाइमिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको छ ।

बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीयस्थललाई प्राथमिकीकरण गरी प्रचारमा ल्याएको थियो । बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृष्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्नुपर्ने उल्लेख छ ।

नगरले धार्मिक पर्यटन तथा खेल–पर्यटनको विकासलगयात योजना कार्यान्वयन गर्न आगामी आवका लागि रु एक अर्ब ६० करोड १३ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । सुशासन र संस्थागत विकास, वन तथा वातावरण, सूचना तथा सञ्चार भाषा, साहित्य, कला र संस्कृति, पूर्वाधार निर्माण, युवा तथा खेलकुद, बालमैत्री स्थानीय शासन र विशेष सामाजिक सुरक्षा, पर्व र कला, महिला, दलित र अपाङ्गता, शिक्षा, स्वास्थ्य, सहकारी, प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि तथा पशुपन्छी विषय नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

पनौती बजारक्षेत्र विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने योजना छ । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन, २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्व सम्पदा क्षेत्र’ भनिनेछ ।

विश्व सम्पदा सूचीमा सूचीकृत गरिएकामा काठमाडौँ उपत्यका (उपत्यकाका काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज छन् ।