📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र
Top Ad

हिलो र धुलोमुक्त हुँदै पोखरा बसपार्क

🕒 June 30, 2022

जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्षपछि यहाँको बसपार्क व्यवस्थित बनाउने पहल थालिएको छ । यतिबेला बसपार्कको नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम अगाडि बढेको छ ।

अहिले बसपार्कको आधा भागमा ग्राभेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण गर्न थालिएको छ । पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले भन्नुभयो, “लामो समयदेखि पोखराको बसपार्कमा देखिएको समस्या कम गर्न थालिएको छ । तत्कालका लागि हिलो र धुलोमुक्त बनाउन लागेका छौँ ।” नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम भएसँगै बसपार्क अब हिलो र धुलोमुक्त हुने उहाँको भनाइ छ ।

उहाँका अनुसार पोखरा महानगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा बसपार्क सुधार कार्य अगाडि बढेको हो । आधा भाग ग्राभेल हालेर पुर्ने काम भएको र बाँकी आधा भागमा पनि निरन्तर काम भइरहेको छ ।

यसैबीच पोखरा बसपार्कका प्रमुख आचार्यले बसपार्कको सबै भाग सम्याएर तत्कालका लागि धुलो र हिलोमुक्त बनाउन निर्देशन दिनुभएको
छ । उहाँले दीर्घकालीन समस्या समाधानका लागि डिपिआर तयार पार्दै सिटी बसपार्कको रुपमा निर्माण गर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का र पोखरा महानगरका प्रमुख धनराज आचार्यले गत जेठमा बसपार्कको नाला निर्माणको शिलान्यास गर्नुभएको थियो । झण्डै ४७ वर्ष अगाडि अर्थात् १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो ।

पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ । उपत्यका नगरविकास समिति अहिले महानगर प्रमुखको नेतृत्वमा छ । अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ ।