📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

कटारी तिल्केवासीको त्रासः ‘जतिखेर पनि पहिराले गाउँ बगाउन सक्छ’

🕒 July 1, 2022

उदयपुर जिल्लाको कटारी नगरपालिका– १० को तिल्केको पहाडी क्षेत्रमा बसोबास गर्ने १७ घर स्थानीयवासी अहिले पहिराको उच्च जोखिममा परेका छन् । तिल्केका मनकुमारी कार्की, लिबहादुर थापासहितका स्थानीयवासी भन्छन्, “गाउँभन्दा माथिबाट तलसम्म २०० मिटर जमिन फाटेर भासिँदै चिरा परिसक्यो, जतिखेर पनि आफूहरूको गाउँलाई पहिराले बगाउन सक्छ, आफूहरू उच्च जोखिममा छौँ ।”

निरन्तर वर्षाका कारण तिल्केगाउँको माथिल्लो डाँडा क्षेत्रबाट तल गाउँसम्म २०० मिटरभन्दा बढी जमिन भासिँदै गइरहेको र जमिन चिरासमेत पर्न थालेका कारण जतिखेर जुनसुकै बेला पनि पहिराले गाउँ लान सक्ने अवस्था आएको अर्का स्थानीय दुर्गाबहादुर थापा बताउनुहुन्छ ।कटारी नपा–१० का वडाध्यक्ष क्षेत्रहादुर खड्काका अनुसार तिल्के गाउँ पहिराको उच्च जोखिममा परिसकेका कारण अहिले यसको समाधानमा सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुुभएको छ । अहिले गाउँलेहरू दिनमा गाउँघरमा रहे पनि रातिको समयमा पहिराले गाउँ जतिखेर पनि बगाउन सक्ने भन्दै रातभरि ननिदाइ रात काट्न बाध्य हुनुपरेको स्थानीय मनकुमारी कार्की बताउनुहुन्छ ।

गाउँ नै पहिराको उच्च जोखिममा परेपछि समयमै आफूहरूको उद्धार नभए जतिखेर पनि ज्यान र धनमाल खतरामा रहेको तिल्केवासी बताउँछन् । यस विषयमा कटारी नपाका प्रमुख राजेशचन्द्र श्रेष्ठ भन्नुहुन्छ, “तीन–चार वर्षदेखि तिल्के पहिराको जोखिममा पर्दै आएको हो, यसपटकको वर्षाले २०० मिटर क्षेत्र जमिन भासिएर चिरा परेपछि जतिखेर पनि गाउँ पहिराले लाने खतरा बढेको छ, यसका लागि के गर्न सकिन्छ भन्नेबारेमा जिल्ला प्रशासन, प्रदेश सरकारसहित सङ्घीय सरकार गृह मन्त्रालयसहित सम्बन्धित मन्त्रालयहरूको समेत ध्यानाकर्षण गराइकेका छौँ ।”

अब तिल्केवासीलाई तत्काल अन्यत्र स्थापना गर्नका लागि सुरक्षित स्थानतिर सार्नुको विकल्प नभएको र यदि समयमा यसो गर्न नसकिए सिङ्गो गाउँ नै पहिराको चपेटामा पर्ने अवस्था रहेको जनप्रतिनिधिसमेत बताउन थालेका छन् । झनै दिनानुदिन वर्षा बढ्दै जान थालेका कारण छिटोभन्दा छिटो आफूहरूको समयमै उद्धार हुनुपर्नेसमेत तिल्केवासीले माग गरेका छन् ।