📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

‘रेस्लिङ च्याम्पियनसीप’को उपाधि नुवाकोटे टाइगरलाई

🕒 July 3, 2022

मदन भण्डारीको ७१औँ जयन्तीका अवसरमा कमल गाउँपालिकामा आयोजना गरिएको चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसीपको उपाधि नुवाकोटे टाइगरले जित्नुभएको छ । उपाधिसँगै उहाँले रु एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा केरखामा शनिबार आयोजित खेलमा टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराउँदै उपाधि हात पार्नुभएको हो । नेपाल रिङ रेस्लिङ सङ्घले संयोजन गरेको प्रतियोगिता १ नं प्रदेशमा पहिलोपटक आयोजना गरिएको हो ।

प्रतियोगिताको हार्ड कोरतर्फको उपाधि डेविडले जित्नुभएको छ । उहाँले उपाधिसहित नगद रु एक लाख प्राप्त गर्नुभएको छ । डेविडले चट्टानलाई हराउँदै उपाधि जित्नुभएको हो । ट्याग टिम म्याचमा टुप्पी ग्याङ संयुक्तरूपमा विजेता बनेका छन् । उपाधिसहित दुवैले रु ७५ हजार प्राप्त गरेको आयोजक कमिटीले जनाएको छ । उनीहरुले स्पाइडरम्यानको जोडीलाई हराएका थिए ।

मिडल वेट म्याचको च्याम्पियन साइन बन्नुभयो । उहाँले बाकालाई हराउँदै उपाधिसहित रु ९५ हजार प्राप्त गर्नुभएको छ । महिला म्याचको विजेता आकृति बन्नुभयो । उहाँले रु ७० हजार जित्नुभएको छ । आकृतिले तनुलाई हराउनुभएको थियो । लाइट वेट म्याचतर्फ सुजल रिलामी विजेतासँगै रु ६० हजार प्राप्त गर्नुभएको छ ।

प्रतियोगिताका विजेतालाई एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, पूर्वकानुनमन्त्री अग्नि खरेल, नेकपा (एमाले)का नेता देवराज घिमिरे, सांसद एलपी साँवा, एकेडेमीका महासचिव पुरेन्द्रविक्रम लाखे, सङ्घका महासचिव सुवर्ण श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।