📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत
Top Ad

आठ वर्ष लाग्दासमेत सकिएन सुपर दोर्दी ख आयोजनाको काम

🕒 July 4, 2022

तीन वर्षमै सम्पन्न गरिने भनी निर्माण थालिएको आठ वर्ष लाग्दासमेत ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजनाले अझैसम्म आफ्नो दायित्व पूरा गर्न सकेको छैन । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन पिपुल हाइड्रोपावर कम्पनीले तीन वर्षभित्रमा निर्माण गर्ने भनी निर्माणकार्य अघि बढाएको यस आयोजना यतिका वर्ष हुँदा अझै अपुरो रहेको छ ।

विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी गरेको यस आयोजनाले सम्झौताअनुसार विसं.२०७५ भित्रमा काम सम्पन्न गरिसक्नु पर्ने थियो । निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै विसं २०७७ असारसम्म समयावधि बढाइएको थियो । सो अवधिमा निर्माण कार्यमा ढिलाइ भएपछि गत विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता गरिएको थियो । पटकपटक म्याद थप्दै गत पुस महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो ।

उक्त समयमा निर्माण सन्पन्न नभएपछि आगामी असोज महिनाभित्रमा बिजुली उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका साईट इन्चार्ज रमेश सिग्देलले बताउनुभयो । उहाँका अनुसार हालसम्म जम्मा ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ । टनेल, पावर हाउसलगायत अधिकांश काम सम्पन्न भएको छ । साईट इन्चार्ज सिग्देलले भन्नुभयो, “डिफेण्डर बनाउने काम, इनक्लाप साफ्टको ४६३ मध्ये २०० मिटर पेनस्टक पाइप इनपोइन्टमा राख्न बाँकी रहेको र सुरुङमा माटो थुप्रिएको सफा गर्ने तथा फिनिसिङ गर्ने कार्य मात्र बाँकी रहेको छ । अबको एक महिनाभित्रमा डिफेण्डरको काम सम्पन्न गरिने छ ।”

आयोजनाका अनुसार यतिबेला वर्षायाम भएकाले आयोजनाको ढुवानी गर्ने सवारी साधनलाई बाटोले समस्या बनाइरहेकाले समय बढी पनि लाग्न सक्ने भएको छ । करिब १० किलोमिटर सुरुङ मार्गमध्ये एक हजार ६०० मिटरको सुरुङ मार्गको भुइँको ढलान सम्पन्न भइसकेको र माथिपट्टिको काम भइरहेको छ । अर्को एक हजार ७०० मिटरको इनटेक सुरुङ र एक हजार ४०० मिटरको अर्को सुरुङको फिनिसिङ भइरहेको छ । आयोजनाको पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थु्र भइसकेको छ ।
नाकाबन्दी, दोर्दी खोलामा आएको बाढीपहिरो, कोरोना सङ्क्रमण, लकडाउनलगायत कारणले निर्माण अवधि लम्बिँदै गएको हुँदा यतिका वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसकेको इन्चार्ज सिग्देलको भनाइ थियो । कूल आठ अर्ब ८० करोडको लगानीमा निर्माण अघि बढाइए पनि थप लगानी बढ्ने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । सत्तरी प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनाबाट असर पर्ने क्षेत्रका जिल्लावासीको मात्र रु २७ करोड लगानी रहेको छ ।

उक्त आयोजनाबाट सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने (पिपिए) सम्झौता भएको छ । पानीको बहावमा आधारित यो आयोजनाको कूल ग्रस हेड ६४० मिटर रहने छ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । यस आयोजनाबाहेक यस कोरिडोरमा निर्माणाधीन आयोजनाले निर्धारित समयमा काम सम्पन्न गर्न नसक्दा पटकपटक म्याद थप गर्दै अघि बढिरहेको छ ।