📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

नदी नियन्त्रण योजना निर्माण

🕒 July 5, 2022

कटानको चपेटामा परेको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजार संरक्षणका लागि पक्की पर्खाल निर्माण भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको हो । मालिकाले दुई खण्डमा रु एक करोडभन्दा बढीको लागतमा पक्की पर्खाल निर्माण भएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले दुईवटै खण्डको पर्खाल निर्माणको काम सकिएको जानकारी दिनुभयो ।

“निर्माण व्यवसायीले पर्खाल निर्माणको काम सकिएको प्रतिवेदनसहित भुक्तानीका लागि बिल पेश गरेका छन्”, उहाँले भन्नुभयो, “प्रयोगशालामा पठाइएको पर्खाल निर्माणमा प्रयोग भएका सामग्रीको परीक्षण प्रतिवेदनको प्रतिक्षा र मूल्याङ्कनको चरणमा छौँ ।”

बयालीस मिटर लामो र सात मिटर अग्लो पक्की पर्खाल निर्माण गर्न आर्थिक वर्ष २०७७÷७८ मा हिमालयन बिल्डर्स एण्ड कन्ट्रक्शनले रु ५६ लाखमा ठेक्का लिएको थियो । चालु आव २०७८÷७९ मा कार्यशक्ति कन्ट्रक्शनले ५६ मिटर लामो र सात मिटर अग्लो पक्की पर्खाल बनाउन रु ६४ लाखमा ठेक्का लिएको थियो । मालिका गाउँपालिकाका इञ्जीनियर नमोनारायण ढुङ्गानाका अनुसार गत आर्थिक वर्षमा रु ८० लाख र चालु आर्थिक वर्षमा रु एक करोड विनियोजन भएकामा प्रतिस्पर्धाका क्रममा कम कबोलेका हिमालयन र कार्यशक्तिले ठेक्का पाएका हुन् ।

हिमालयन बिल्डर्सले गत जेठ २१ गते पर्खाल ढलानका क्रममा तोकिएको र सम्झौताअनुसारको निर्माण सामग्री प्रयोग नगरेको भेटिएपछि भत्काएर पुनः बनाउन लगाइएको थियो । यसपालि गाउँपालिकाबाहेक प्रदेश सरकारमार्फत पनि १० मिटर थप पक्की पर्खाल निर्माण भएको
छ ।

गत वर्ष निर्माणाधीन पर्खालमा क्षति पु¥याएको बाढीले बजारतर्फ कटान गरेर एक घर, जनप्रिय माविको भवन र खेलमैदान भत्किएको थियो । करिब ३०० घरधुरीको बसोबास रहेको दरबाङ बजार पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटानको जोखिममा छ । विसं २०७६ सम्म हिउँदमा ग्याबियन पर्खाल निर्माण गर्ने र बर्खामा बाढीले बगाउने समस्या थियो । विसं २०७७ मा निर्माण भएको आरसिसी पर्खाल कटान रोकथाममा प्रभावकारी बनेपछि सोही प्रविधिको पर्खाल बनाउने योजनालाई निरन्तरता दिइएको मालिका–६ का निवर्तमान वडाध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो ।

सो वर्ष नदी किनारमा ४५ मिटर लामो, सात मिटर अग्लो र ५० सेन्टिमिटर बाक्लो आरसिसी पक्की पर्खाल निर्माण गरिएको थियो । मालिकाले रु ५५ लाख र सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाको सिफारिसमा तत्कालीन स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रु २५ लाख बजेटमा उपभोक्ता समितिले पक्की पर्खाल बनाएका थिए । स्थानीयवासी श्रीदत्त गौतमले नदी किनारमा पक्की पर्खाल निर्माण भएपछि दरवाङ बजारवासीले सुरक्षित महसुस गरेका बताउनुभयो ।