📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता
Top Ad

अन्तिम चरणमा दोर्दी–१ आयोजनाको निर्माण कार्य

🕒 July 7, 2022

यहाँ निर्माणाधीन दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिमचरणमा पुगेको छ । दोर्दी खोला जलविद्युत् कम्पनीले निर्माण गरेको यस आयोजनाको निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख उज्जवल सिलवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले आयोजनाको अधिकांश काम सम्पन्न गरिसकेको र अब नाली बनाउने, केही भागमा सफा गर्ने कार्य बाँकी छ, बिजुली उत्पादनका लागि यी कामले असर गर्दैन, तर २२० केभीको राष्ट्रिय प्रशारण लाइन बनिनसक्दा परीक्षण गरेर बिजुली उत्पादन गर्न नसक्दा समस्या भइरहेको छ ।”

उहाँका अनुसार सम्बन्धित निकायसँग बुझ्दा एक हप्ताभित्र प्रशारण लाइनको काम सम्पन्न हुने भनिएको छ । “यदि एक हप्ताभित्रमा सम्पन्न भएमा सो पश्चात् हामी १० दिन जति बिजुली उत्पादन परीक्षण थाल्छाँै, त्यसमा सफल भएमा साउनबाटै बिजुली उत्पादन हुने छ”, उहाँले भन्नुभयो ।

मस्र्याङ्दी कोरिडोर अन्तर्गतको निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइनको उदिपुरदेखि मध्यमस्र्याङ्दी खण्डको छ किलोमिटर खण्डमा तार तान्ने काम सम्पन्न भइनसक्दा बिजुली परीक्षण गर्न नसकिएको आयोजनाले जनाएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत दोर्दी कोरिडोरको कीर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ । यस आयोजनाले पेनस्टक पाइप, बाँध, आयोजनाको ७१५ मिटर लामो अर्को पेनस्टक पाइप जडानको काम, विद्युतगृहको सिभिल संरचनाको काम पनि सम्पन्न भइसकेको जनाएको छ ।

त्यस्तै २.५ किलोमिटर मुख्य सुरुङको ढलान गर्ने, सफा गर्नेलगायत फिनीसिङको काम, बाँध क्षेत्रको सिभिल निर्माण कार्य सबै सम्पन्न भएको आयोजना प्रमुख सिलवालको भनाइ छ । विसं २०७४ बाट थालनी गर्दै विसं २०७६ चैत महिनामा सक्ने आयोजनाको लक्ष्य थियो । दोर्दी खोलामा आएको बाढी, कोरोना संक्रमणका कारण लकडाउन लगायत विविध कारणले निर्धारित समयमा सम्पन्न हुन नसकेपछि पटक पटक म्याद थप गरिँदै आएको थियो ।

रु दुई अर्ब २९ करोडको लगानीमा निर्माण सक्ने रहे पनि आयोजनाको निर्माण अवधि लम्बिँदा उक्त रकमभन्दा करिब रु ३० करोड बढी लाग्ने अनुमान आयोजनाको छ । यस आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ ।