📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

प्रतिनिधिसभाः नागरिकतासम्बन्धी विधेयक फिर्ता लिइएकामा असन्तुष्टि

🕒 July 8, 2022

नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन लागिएकामा सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा उक्त विधेयक सरकारले फिर्ता लिने विषय समावेश छ । बैठकको शून्य समयमा सांसद विमला विकले सरकारले के कारणले उक्त विधेयक फिर्ता लागेको भन्ने प्रश्न गर्दै असन्तुष्टि जनाउनुभयो ।

सांसद भरतकुमार साहले सो विधेयक फिर्तापछि अर्काे नयाँ विधेयक चाँडो ल्याएर पारित गराउन माग गर्नुभयो ।

शून्य समयमा सांसदहरुले बाढी पहिरो नियन्त्रण र राहत दिइनुपर्ने, विद्यालयका पाठ्यपुस्तक समयमा उपलब्ध हुनुपर्ने र किसानहरुले रासायनिक मल पाउनुपर्ने, कमलबजार विमानस्थल बन्नुपर्ने, हुम्लामा छिटो खाद्यान्न उपलब्ध हुनुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले काठमाडौँको दक्षिणकाली क्षेत्रको सडक सुधार हुनुपर्ने, धरान धनकुटा सडक व्यवस्थित गर्नुपर्ने, विदेशी मुद्राको सञ्चिति वृद्धि गर्नुपर्ने, माथिल्लो अरुणको बाँध जाने बाटो सुधार हुनुपर्नेमा जोड दिनुभयो ।

शून्य समयमा सांसदहरु भीमसेनदास प्रधान, मीना सुब्बा, मीन विश्वकर्मा, यज्ञबहादुर बोगटी, यशोदा गुरुङ सुवेदी, रङ्गमती शाही, राजेन्द्रकुमार केसी, राजेन्द्रकुमार राई, राजेन्द्रप्रसाद गौतम, रामबहादुर विष्ट, रेणुका गुरुङले धारणा राख्नुभएको थियो ।