📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

बजार मूल्य नियन्त्रण गर्न ध्यानाकर्षण

🕒 July 8, 2022

उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

अभियानका पदाधिकारीले सरकारका मुख्यसचिव शङ्करदास वैरागीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीलाई बिहीबार भेटेर मूल्यवृद्धि नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका हुन् । ज्ञापनपत्रमा बजारमा एकाधिकारपूर्ण, अनुचित र कानुनद्वारा निषेधित ब्यापारिक कार्यहरू हुने गरेको उल्लेख छ । हरेक क्षेत्रमा सेटिङमा काम भइरहेको भन्दै ज्ञापनपत्रमा बजार अनुगमन सार्थक एवं प्रभावकारी हुन नसकेको गुनासो गरिएको छ ।

जागरण अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा बजार हस्तक्षेपको नीति अख्तियार गर्दै खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत दैनिक अत्यावश्यक वस्तुको बिक्री वितरण गरेर आपूर्ति व्यवस्थालाई सहज तुल्याइ बजार मूल्यलाई नियन्त्रण गर्नुपर्ने उल्लेख छ । भन्सार गेट मूल्य र उद्योग गेट मूल्यको आधारमा वस्तुको मूल्य विश्लेषण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभाग, कार्यालय र निरीक्षण अधिकृतलाई निर्देशन दिनुपर्ने सुझाव पनि दिइएको छ ।