📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र
Top Ad

भक्तजन गोसाइँकुण्ड जाँदै

🕒 July 18, 2022

साउन महिनाको प्रारम्भसँगै पवित्र तीर्थ गोसाइँकुण्ड जाने धार्मिक यात्रा सुरू भएको छ । समुन्द्र सतहदेखि चार हजार ३८० मिटर उचाइ रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजन नीलाद्रि पर्वत जाने गरेका छन् ।

गङ्गा दशहरा एवं जनैपूर्णिमा पर्वअन्तर्गत लाग्ने विशेष मेलाका अलावा साउन महिनाभर पवित्र तीर्थ स्नान गर्ने चलनसमेत रहिआएको छ । यो महिनाभर पवित्र तीर्थमा स्नान गर्ने भक्तजनको शरीरिक रोगब्याद पूर्णरूपमा हट्ने विश्वासका साथ भक्तजन साउन महिनाको शुभारम्भबाटै गोसाइँकुण्ड जान थालेको स्थानीय भक्तजन बताउँछन् ।

दैनिकरूपमा १०÷१५ जना भक्तजन नीलाद्रि पर्वतको धार्मिक मार्गमा ओहरदोहर हुन थालिसकेको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामा बताउनुहुन्छ । साउन महिनाभर गोसाइँकुण्ड दहमा स्नानका साथै पूजा आराधना गर्नाले मनोकाङ्क्षासमेत पूरा हुने मान्यता रहिआएको छ । धार्मिक मान्यताअनुरूप जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्छ ।

धुञ्चेसम्म मोटरले पु¥याएपश्चात् सुरू हुने पदयात्रा देउराली, डिम्सा, चन्दनबारी, लौरिविनायक हुँदै गणेश गौडासम्म उकालो र त्यसपछि ककरो भिर हुँदै पवित्र तीर्थ पुगिन्छ । हाल ककरो भिरको पूरै भागमा नेपाली सेनाले फलामेवार लगाइदिएका कारण भिरमा लडिने डर पूर्णरूपमा अन्त्य भएकाले निर्धक्क साथ जान सकिने पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो ।

यस वर्षको जनैपूर्णिमाको प्रमुख दिन भने यही साउन २७ गते परेको छ । साउन २३ गते पुत्रदा एकादशीदेखि गोसाइँकुण्डमा पाँच दिन ठूलो भीड लाग्ने र करिब १५ हजार भक्तजनले स्नान गर्ने स्थानीय अनुमान रहेको छ ।