📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र
Top Ad

गुर्जामा जुवातास, धुमपान सेवन गर्न प्रतिबन्ध

🕒 July 26, 2022

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धुमपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।

वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धुमपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ । चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँड, रक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

“तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलोपटक सम्झाइबुझाई, दोस्रोपटक रु १०० र तेस्रोपटकदेखि दोब्बरका दरले जरिवाना तिराउने नियम बनाएका छौँ”, उहाँले भन्नुभयो, “जरिवानाबाट सङ्कलन भएको रकम फोहर र दूषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरणका लागि व्यक्तिगत तथा सामुदायिक सरसफाइ गर्ने व्यक्ति र परिवार पहिचान गरेर पुरस्कृत गर्न खर्च गर्छौँ ।”

घरेलु हिंसा, विवाद, झगडाका साथै स्वास्थ्य र सामाजिक समस्याको मुख्य कारण जुवातास र मदिरा भएकाले प्रतिबन्ध लगाइएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो । जुवातास खेलेर समय बिताउने युवा र प्रौढ पुरुषलाई घरायसी, आयआर्जन र विकास आयोजनामा परिचालन गरिने कार्यपालिका सदस्य सीताकुमारी छन्त्यालले जानकारी दिनुभयो ।

अघिल्लो कार्यकालमा गरेको प्रयासले सामाजिक, आर्थिक सुधार, शान्ति र सद्भाव कायम राख्न सहयोग पुगेकाले आमा समूह, युवा क्लब र अगुवाहरूसँग समन्वय गरेर निरन्तरता दिइएको वडा कार्यालयले जनाएको छ । सडक यातायातको सुविधा नपुगेको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा २६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोबास छ ।