📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

कर्णाली करिडोर एक सातादेखि बन्द

🕒 July 31, 2022

कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो ।

सडकमा गाडी थन्किएका छन् । लामो समयदेखि आफुहरु बीच बाटोमै अलपत्र परेको ट्रक चालक महावीर खड्काले बताउनुभयो । “म बाजुराका लागि सामान लिएर जादैँ थिए । लाफा सडकखण्ड आइतबारदेखि बन्द छ”, उहाँले भन्नुभयो । हिले सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालक खड्का बताउनुहुन्छ ।

“हप्ता दिनसम्म सडक बन्द हुँदा कसैले खुलाउन पहल गरेका छैनन्”, पचालझरना गाउँपालिका–७ का कृष्णबहादुर बमले भन्नुभयो । सडक खुलाउनका लागि पहल थालेपनि डोजर नहुँदा समस्या भएको पचालझरना गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले बताउनुभयो । “सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिरहेका छौँ, डोजर आउनासाथ सडक खुलाउने काम हुन्छ”, उहाँले भन्नुभयो ।