📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

३१ हजार बढीले लिए नागरिकताको प्रमाणपत्र

🕒 July 31, 2022

जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०७८÷७९ मा नागरिकता लिनेको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले गत असार मसान्तसम्ममा ३१ हजार ३१ जनाले नागरिकताको प्रमाणपत्र लिएको जानकारी दिनुभयो । नागरिकता लिनेमध्ये वंशजका आधारमा २० हजार २४१, वैवाहिक अङ्गीकृतका आधारमा पाँच सय ४९ र प्रतिलिपि १० हजार दुई सय ४१ जनाले लिएको उहाँले बताउनुभयो । अघिल्लो आव २०७७÷७८ मा १३ हजार २४ जनाले मात्र नेपाली नागरिकता प्रमाणपत्र लिएका
थिए । सो अवधिमा कोभिड–१९ का कारण लामो समय सार्वजनिक सेवा बन्द गर्दा नागरिकतालगायतका कार्यसमेत प्रभावित भएको थियो ।

रु नौ करोड बढी राजस्व सङ्कलन

आर्थिक वर्ष २०७८÷७९ मा जिल्ला प्रशासन झापाबाट ११ हजार सात सय ४६ जनालाई राहदानी वितरण गरिएको छ । जसबाट मात्र रु आठ करोड ६५ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको सहायक प्रजिअ न्यौपानेको भनाइ छ । उहाँका अनुसार सोही अवधिमा कार्यालयमा ७४ वटा सङ्घसंस्था दर्ता, पाँच सय ६३ संस्था नवीकरण, नाबालक परिचयपत्र तीन सय ४१ वटा वितरण गरिएको छ ।

असार मसान्तसम्ममा प्रशासनले राहदानी शुल्क, प्रशासनिक दण्ड जरिवाना, सेवा शुल्क, हातहतियार नवीकरण शुल्क, सम्पत्ति बिक्रीवापत रु नौ करोड एक लाख ९२ हजार एक सय ९२ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आव २०७७÷७८ को सोही अवधिमा छ हजार एक सय ८८ जनालाई मात्र राहदानी वितरण गरिएको थियो ।