📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र
Top Ad

आर्थिक अभावले उपचार नहुँदा ओछ्यानमै थला

🕒 August 1, 2022

यहाँका १६ वर्षीय कृष्ण नेपाली आर्थिक अभावका कारण उपचार गर्न नसकेर ओछ्यानमै थला परेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–८ वालिङका नेपालीको आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाएर ओछ्यानमै थला पर्नुभएको हो ।

गत पुसमा ट्र्याक्टरमा काम गर्ने क्रममा खसेर ढाड भाँचिएपछि गण्डकी मेडिकल कलेज पोखरामा ढाडको शल्यक्रिया गर्नुभएका कृष्णको अहिले ढाडभन्दा मुनिको भाग चल्न छाडेको आमा केशरी नेपालीले बताउनुभयो । “कक्षा १० मा पढ्दै थियो, कहिलेकाहीँ ट्र्याक्टरमा हिँड्थ्यो, हामीले नजान भनिरहेका थियौँ”, आमा केशरीले भन्नुभयो, “अकस्मात ट्र्याक्टर दुर्घटना हुँदा उस्को ढाड भाँचियो, उपचार त जसोतसो ग¥यौँ तर आर्थिक अभावले गर्दा थेरापी गराउन सकेनौँ, बाबु ओछ्यानको ओछ्यानमै छ ।”

शल्यक्रिया सकिएपछि डाक्टरले थेरापी गराउनुपर्ने सुझाव दिए पनि घरमै ल्याएर केही महिना थेरापी गराइएको र आर्थिक अभावका कारण नियमित थेरापी गराउन नसक्दा ढाडबाट तलतिरको भाग सुक्दै गएको आमा केशरीले सुनाउनुभयो । श्रीमान्, श्रीमती र छजना छोराछोरी गरी आठ जनाको परिवारको आम्दानीको स्रोत भनेको मजदुरी रहेको छ । श्रीमान्ले मजदुरी गर्ने र आफूले होटलहरुमा सरसफाइको काम गर्दै आएकाले दैनिक परिवार पाल्नलाई मात्रै कमाई ठिक्क भएको उहाँको दुखेसो
छ । “आठ जनाको ठूलो परिवार छ, मजदूरी नगर्दासम्म खान पुग्दैन, घरभाडा पनि तिर्नै प¥यो”, उहाँले भन्नुभयो, “दैनिक खर्च चलाउने कि थला परेको छोराको उपचारमा पैसा खर्चने ? साह्रै पीडामा छौँ ।”

कृष्णलाई घरमै ल्याएपछि पनि केही समय नजिकैको थेरापी गर्ने ठाउँबाट घरमै आएर थेरापी गराए पनि उहाँलाई पैसा दिन नसकेपछि अहिले निरन्तरता दिन नसकिएको आमा केशरीले
बताउनुभयो । “पोखराको हरियोखर्कमा यसको उपचार तथा थेरापी हुन्छ भन्ने सुनेकी छु, चाहना त छोरालाई हिँड्ने बनाउनु छ, दिसापिसाब आफँै स्याहार्न सक्ने बनाउन पाए हुन्थ्यो भन्ने छ”, उहाँले भन्नुभयो, “तर के गर्नु आर्थिक अभावले गर्दा सोचेर पनि केही गर्न नसकिने रैछ ।” छोराको अवस्थाका बारेमा विभिन्न सङ्घसंस्था तथा व्यक्तिलाई सहयोगका लागि हारगुहार गरे पनि सुनुवाइ नभएको गुनासो उहाँको
छ ।“थला परेको छोराको स्याहारसुसार गर्दा आफू पनि काममा जान पाएकी छैन”, उहाँले भन्नुभयो, “श्रीमान्को मात्रै कमाईले कति हुन्छ र परिवार पाल्ने कि छोराको उपचार ?”