📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

पौराणिक झुलानोत्सव पर्व सुरु

🕒 August 1, 2022

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागतरुपमा मनाइँदै आएको पौराणिक झुलनोत्सव पर्व गएरातिदेखि सुरु भएको छ । आउँदो पूर्णिमाका दिनसम्म मनाइने झुलनोत्सवका लागि लक्ष्मीनारायण मठबाट प्रत्येक साँझ कलात्मक पालकीमा बाजागाजाका साथ भगवान् रामसीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा पु¥याएर राति अबेरसम्म झुला

झुलाइन्छ ।

महोत्तरीको लक्ष्मीनारायण मठ, धनुषाको जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरका साथै सर्लाही, सिराहा, सप्तरी, भारतको तिरहुत तथा विहारका विभिन्न मठमन्दिरमा झुला पर्व मनाइने परम्परा छ । झुला घरमा रामसीताको मूर्ति राखी धार्मिक गीत र भजनकीर्तनका साथ राति अबेरसम्म झुला झुलाउने गरिएको लक्ष्मीनारायण मठका महन्थ जगन्नाथ दास वैष्णवले बताउनुभयो । भगवान् रामसीताले साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिएको उहाँको भनाइ थियो ।

झुलाका अवसरमा मटिहानीमा मेला आयोजना गरिएको छ । मेला हेर्न र भगवान् रामसीताको भुलनोत्सवमा सहभागी हुन नेपाल र भारतका श्रद्धालुहरुको भीड लाग्ने गर्दछन् । सांस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसीता र लक्ष्मीनारायणलगायतको मूर्ति राखी बाजागाजाका साथ झुलाउने परम्परा छ । मिथिला क्षेत्रमा रोपाइँ सकिने बित्तिकै झुला पर्वको रौनक सुरु हुन्छ । प्रत्येक मठमन्दिरमा कजरी र मलारजस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा गाउँघरका र वरपरका श्रद्धालुहरु जम्मा भएर भजनकीर्तन, नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ ।

झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । जोगी सन्यासीहरुले पनि आफ्ना आराध्य देवलाई झुलाउने परम्परा रहेको छ । वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ । पन्ध्र दिनसम्म चल्ने यस झुलनोत्सवका अवसरमा मटिहानीको घर घरमा पाहुनाहरुसमेत आउने र झुला पर्व तथा मेलामा सहभागी हुने गर्दछन् । मटिहानीका झुला पर्वको आकर्षणका लागि यसपालि त्यहाँ सर्वसाधारण बालबालिकाहरुलाई पनि झुलाको आनन्द लिन मेसिनमा चल्ने झुलाका साथै ठूलो मेलाको आयोजना गरिएको छ ।