📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन : मुख्यमन्त्री भट्ट

🕒 August 3, 2022

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले मङ्गलबार केआइसिंह गाउँपालिकामा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री भट्टले पैसाले चुनाव जितिन्छ भन्ने कुरो गलत भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जुन नेताले पैसा खर्च गर्छ, त्यसले विकास गर्दैन, जो जनताको विकासका लागि रातदिन खटिन्छ त्यो नेताले विकास गर्छ ।”

मुख्यमन्त्री भट्टले चुनावमा करोडौँ रुपैयाँ खर्च गरे भन्ने नेताले अहिलेसम्म विकास गरेको कहीँ पनि उदाहरण नभएकाले पैसा एक साधनमात्रै भएकाले त्यस्तो नेतालाई भोट नदिनसमेत आग्रह गर्नुभयो । अब हुने सङ्घीय र प्रदेश निर्वाचनमा विकास गर्ने नेतालाई छान्न उहाँले आग्रह गर्नुभयो ।