📅 2082 साल माघ 20 , बुधबार
ब्रेकिङ
चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध
Top Ad

प्रहरी चौकीलाई तीन रोपनी जग्गा दान

🕒 August 3, 2022

पौवादुङमाका एक समाजसेवीले प्रहरी चौकी निर्माणका लागि तीन रोपनी जग्गा दान गर्नुभएको छ । जग्गा अभावमा प्रहरीको भवन निर्माणमा समस्या भएपछि स्थानीय खड्गराज शाक्यले रु २९ लाख बराबरको तीन रोपनी जग्गा दान गर्नुभएको हो ।

जग्गा पाएसँगै अब चौकी निर्माणमा सहजता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुुख राजकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, “जग्गा नहुँदा प्रहरी चौकी निर्माणमा समस्या भएको थियो । चौकीको नाममा जग्गा प्राप्त भएको छ । अब भवन निर्माणका लागि पहल थाल्छौँ ।”

गाउँपालिकाको पहलमा चौकीको नाममा जग्गा प्राप्त गर्न सफल भएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकाको सुरक्षाका लागि अस्थायी प्रहरी चौकी स्थापना गरेको भए पनि आफ्नो नाममा जग्गा नहुँदा भवन निर्माणमा समस्या भएको थियो । अब जग्गा प्राप्त भएकाले भवन निर्माणका लागि गाउँपालिकाले पहल गर्ने राईले बताउनुभयो ।

अध्यक्ष राईले स्थानीयवासीले यसअघि पनि मिराराई बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला र स्वास्थ्य चौकीलगायत संरचना निर्माणका लागि निःशुल्क जग्गा दिएको बताउनुभयो । गाउँपालिकाको सुरक्षामा सहजता होस् भन्ने उद्देश्यले प्रहरीलाई जग्गा दिएको जग्गादाता शाक्यले बताउनुभयो ।