📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता
Top Ad

बाँदरले तरकारी सखाप पारेपछि मर्कामा किसान

🕒 August 3, 2022

शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका व्यावसायिक तरकारी खेतीमा संलग्न किसानले बाँदरका कारण हैरानी खेप्नुपरेको छ । बारीमा लगाएको तरकारी बाँदरले खाइदिन थालेपछि किसान मारमा परेका हुन् ।

लौका, काँक्रा, बोडी, करेलालगायतका तरकारी बाँदरले नोक्सान गर्दैआएका छन् । “गाउँ नजिकैको कालिका सामुदायिक वन क्षेत्रबाट आउने बाँदरको हुलले बारीमा फलेका तरकारी केही बाँकी राख्दैनन्”, स्थानीय तेजबहादुर चौधरीले भन्नुभयो, “असारयता किसानको लाखौँ मूल्यको तरकारी बाँदरले खाइसेको छ ।”

चौधरीको मात्रै बाँदरले रु ३५ हजार मूल्य बढीको तरकारी नोक्सानी गरेको छ । अर्का व्यावसायिक तरकारी खेतीमा संलग्न किसान वीरेन्द्र चौधरीको रु २० हजार बराबरको तरकारी बाँदरले खाइदिए । दैनिक बाँदरको हुल गाउँमा पस्ने गरेको छ । स्थानीयवासीले भगाउँदा सामुदायिक वनका नजिकका रुखमा बस्ने र तरकारी बारीमा कोही नभएको बेला हुलका हुल आएर एकैपटक पूरै बारीको तरकारी खाने र तोडेर लैजाने गरेको स्थानीय चन्द्रबहादुर चौधरीले बताउनुभयो ।

“बालबालिका र महिलाले धपाउन जाँदा टेर्दैनन्”, उहाँले भन्नुभयो, “आक्रमण गर्न आउँछन् । बाँदरकै लागि बारीमै ढुकेर बस्नुपर्ने अवस्था छ ।” बजारमा बेच्नका लागि तयार भएको मकैसमेत बाँदरले बाँकी नराखेको उहाँले बताउनुभयो । बेलडाँडी गाउँका अधिकांश किसान तरकारी खेतीमा संलग्न छन् । बाँदरको हुल नै बारीमै पसरेर तरकारी नोक्सानी गर्न थालेको छ ।

बाँदर नियन्त्रणका लागि स्थानीय किसानले माग गरेका छन् । “बाँदरले निकै सताउन थालेका छन्”, स्थानीय मीना चौधरीले भन्नुभयो, “सामुदायिक वन छेउका घरभित्रै पसेर अन्नसमेत खाइदिने गरेको छ । बारीमा लगाएको तरकारी बाँदरकै कारण टिप्न पाएका छैनौँ ।”

स्थानीय जनप्रतिनिधिसँग छलफल गरी बाँदर नियन्त्रणका उपायका लागि कार्य अगाडि बढाउनसमेत अनुरोध गरिएको किसानको भनाइ छ । बाँदर नियन्त्रणका लागि आग्रह गरिँदै आए पनि कुनै पनि निकायले यसबारे चासो नदिएको उनीहरुको भनाइ छ ।

अर्कोतर्फ सामुदायिक वन संरक्षण भई हराभरा भएपछि जङ्गली बँदेलले समेत यस क्षेत्रका किसानलाई सताउन थालेको छ । किसानले खेतमा लगाएको धान, गहुँलगायतका अन्न बँदेलले नोक्सान गर्दै आएका छन् । तीन वर्षदेखि यस क्षेत्रका किसान जङ्गली बँदेलबाट समेत पीडित छन् ।