📅 2083 साल जेठ 20 , शुक्रबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

मतदानस्थल थप गर्न सिफारिस

🕒 August 3, 2022

आगामी सङ्घीय तथा प्रदेश निर्वाचनका लागि जिल्लामा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको
छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदान स्थल थप गर्न सिफारिस गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकले अपिहिमाल गाउँपालिका–३ को सुर्मा भवानी आधारभूत विद्यालय थुम्ती र लेकम गाउँपालिका–४ को तमैराज आधारभूत विद्यालय झलातीमा केन्द्र थप गर्न सिफारिस गरेको हो ।

जिल्लाभरि चार मतदानस्थल थप गर्न निवेदन आएको भए पनि प्रक्रिया नमिल्दा ती मात्र थपका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले जानकारी दिनुभयो । यसका लागि सिफारिस गरिएको मतदानस्थलसँगै जिल्लामा एक सय १२ मतदानस्थल हुनेछन् ।

यस्तै गत आर्थिक वर्षसम्म जिल्लामा ८९ हजार तीन सय ८२ मतदाता पुगेका छन् । गत स्थानीय तह निर्वाचनमा ८८ हजार दुई सय ८५ मतदाता थिए । अहिले पनि निरन्तर मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम जारी छ । अहिले जिल्ला प्रशासन कार्यालयमै मतदाता नामावली दर्ताक्रम जारी छ ।