📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र
Top Ad

‘दलित अधिकार प्रवद्र्धनसम्बन्धी विधेयक’ कर्णाली प्रदेश सभामा पेश

🕒 August 4, 2022

कर्णाली प्रदेशसभामा ‘दलित अधिकार प्रवद्र्धन, सशक्तिकरण र विकास गर्न बनेको विधेयक’ प्रस्तुत गरिएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बुधबार उक्त विधेयक सभामा पेश गर्नुभएको हो ।

समाजमा विद्यमान जातीय विभेद तथा छुवाछूत नियन्त्रण गर्दै सम्मानपूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्न विधेयक पेश भएको बताइएको छ । साथै कर्णाली प्रदेशमा बसोबास गर्ने दलित समुदायलाई निःशुल्क शिक्षासम्बन्धी व्यवस्था गर्न, स्वास्थ्य उपचारमा पहुँच बढाउन र त्यस्तो समुदायको अधिकार प्रवद्र्धन, सशक्तिकरण तथा विकास गर्न उक्त विधेयक ल्याइएको हो ।

बैठकमा सभामुख राजबहादुर शाहीले कानुनमन्त्री शाहीलाई ‘प्रदेशसभा सचिवालयसम्बन्धी ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयकसभाबाट समग्रमा पारित गर्न अनुमति दिनुभयो । मन्त्री शाहीले उक्त विधेयक समग्रमा पारित गरियोस् भनी सभामा प्रस्ताव गरेसँगै सर्वसम्मतिले सो विधेयक पारित भएको थियो । सभामुख शाहीले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी दिनुभयो ।