📅 2082 साल माघ 20 , बुधबार
ब्रेकिङ
चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध
Top Ad

पौवादुङमामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

🕒 August 4, 2022

पौवादुङमा गाउँपालिकाले जिल्लामै पहिलोपटक वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालिएको हो ।

वडा नं ६ ठूलोदुम्मामाकी ९१ वर्षीया मिता राईले आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा सहज भएको बताउनुभयो । सरकारले दिएको भत्ताले जीवन गुजारा चलाउन सहज भए पनि भत्ता लिन गाउँपालिकासम्म जान भने धेरै सास्ती हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारले दिएको वृद्धाभत्ता बूढेसकालको सहरा बनेको छ । यही भत्ताले दैनिक जीवनयापन गर्दै आएकी छु तर भत्ता लिन जान निकै समस्या थियो । गाउँपालिकाले आफ्नो ठाउँमा आएर भत्ता दिएपछि म जस्ता धेरैलाई सजिलो भएको छ । आउन जान नै मलाई समस्या छ । अहिले यहाँबाट भत्ता पाउँदा निकै हर्षित छु ।”

बैंकमा परिवारका सदस्यको सहयोगमा पुग्ने गरेको भए पनि आउँदा जाँदा भने अति नै समस्या भोग्नुपरेको उहाँले अनुभव सुनाउनुभयो । राईले भन्नुभयो, “बैंकमा पुगेर आफ्नो भत्ता लिन निकै समस्या थियो । बुढौली ज्यान हिँडेर जान समस्या । सवारी साधन रिजर्भ गर्दा धेरै खर्च हुन्छ । हामीजस्ता बूढाबूढी देखेपछि बसवालाले पनि ठग्न खोज्छन् । त्यसमाथि बैंकमा गएर लाइन बस्नुपर्दा धेरै कष्ट
हुन्थ्यो । अब भने धेरै सहज भएको छ ।”

गाउँपालिकाले घुम्ती शिविरमार्फत टोलवासी भेला गरेर वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । खास गरेर सामाजिक सुरक्षा भत्ता लिन सहज बनाउन यस्तो कामको थालनी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका केन्द्रमा रहेको बैंकबाट भत्ता वितरण गर्दा उहाँहरुलाई समस्या भएको देखेर अहिले वडा कार्यालयबाट वितरण थालेका हौँ । ज्येष्ठ नागरिक तथा अशक्तलाई यहाँ आउन अत्यन्तै समस्या छ । यो कार्यलाई चौमासिकरुपमा सबै वडामा सञ्चालनमा ल्याएका छौँ । अब उहाँहरुले आफ्नो घर पायक पर्ने ठाउँबाट भत्ता पाउनु हुन्छ ।”

हालसम्म गाउँपालिकाभरि एक हजार चार सय ७१ जनाले भत्ता पाउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । कार्यपालिकाको निर्णयअनुसार बैंक तथा सुरक्षा निकायसँग समन्वय गरेर भत्ता वितरण कार्यलाई वडास्तरबाट सञ्चालन गरिएको उहाँको भनाइ
छ । उहाँले भन्नुभयो, “खासमा उहाँहरुलाई भत्ता लिनको लागि आउन हुने समस्यालाई ध्यानमा राखेर कामको थालनी गरेका छौँ । वृद्धवृद्धा तथा अशक्तलाई त यहाँ आउन धेरै कठिन छ । नागरिकको यहाँसम्म आउँदा यातायातलगायतमा खर्च हुने, विभिन्न झन्झट हुने समस्याको अन्त्य भएको छ ।”