📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता
Top Ad

भदौदेखि एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी

🕒 August 4, 2022

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको स्वामित्व हस्तान्तरण भएसँगै प्रतिष्ठानलाई एमडी एमएस कक्षा सञ्चालनको बाटो खुलेको हो । अबको एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी भइरहेको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी

दिनुभयो ।

“हामी भदौदेखि एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारीमा छौँ”, उपकुलपति साहले भन्नुभयो, “लगभग सबै तयारी भइसकेको छ, नयाँ सत्र सञ्चालनसँगै एमडी एमएसको भर्ना खुला गर्छाँै ।” प्रतिष्ठानसँग आफ्नो स्वामित्वको अस्पताल नहुँदा एमडी एमएस कक्षा सञ्चालनमा कठिनाइ भएको थियो । उहाँले भन्नुभयो, “तर प्रदेश सरकारले प्रादेशिक अस्पतालको स्वामित्व प्रतिष्ठानलाई हस्तान्तरण गरेपछि एमडी एमएस कक्षा सञ्चालन गर्न सहज भएको छ ।”

स्थापना भएको करिब दुई वर्षकै अवधिमा बिएसी नर्सिङ, बिपीएच, बिएमएलटी र बिएनएस कक्षा सञ्चालन गर्न सफल प्रतिष्ठानले एमडी एमएस कक्षा सञ्चालनको तयारी गरेको हो ।

मेडिसिन, सर्जरी, गाइनोलोजिष्ट, पेडियाट्रिक्स, अर्थाेपेडिक्स र रेडियोलोजिष्ट गरी छ विषयमा एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरेको प्रतिष्ठानका उपकुलपति प्रा डा साहले बताउनुभयो । विसं २०७७ कात्तिकमा गठन भएको प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट मान्यताप्राप्त गरी विसं २०७८ मङ्सिर महिनादेखि शिक्षण प्रशिक्षणको चारवटा कोर्ष सञ्चालन गर्दै आएको छ ।

प्रतिष्ठानले सञ्चालन गरेको स्वास्थ्यसम्बन्धी शिक्षण प्रशिक्षण कोर्षअन्तर्गत बिएन एस सङ्कायमा १६, बिएसी नर्सिङ, बिपीएच र बिएमएलटीमा एक–एक जना विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानले जनाएको छ ।