📅 2083 साल जेठ 20 , शुक्रबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै

🕒 August 4, 2022

हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ । विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८÷७९ मा नौवटा घटना फछ्र्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडूले जानकारी

दिनुभयो । उहाँका अनुसार पर्यटकीय क्षेत्र मनाङमा आधुनिकीकरण र प्रविधिको दुरुपयोगले सम्बन्धविच्छेदका घटना बढ्ने क्रममा रहेको हो ।

“विगतमा मनाङमा सम्बन्धविच्छेदका घटना दर्ता नै भएको तथ्याङ्क छैन । तर हाल भने दर्ता हुने र फछ्र्यौट पनि हुने गरेको छ । यस आर्थिक वर्षमा दर्ता भएका सम्बन्धविच्छेदका घटना फछ्र्यौट भएको छ”, जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश पुनाराम खनालले भन्नुभयो, “यहाँ पनि सम्बन्धविच्छेदका घटना बढ्दो क्रममा रहेको छ ।”

श्रेस्तेदार बडूले प्रविधिको सही उपयोग हुनुभन्दा दुरुपयोगले यस्ता घटना वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा सम्बन्धविच्छेदपछि अभद्र व्यवहारका घटना हुने गरेको छ ।

त्यस्तै आव २०७८÷७९ मा १५ मुद्दा दर्ता भएका थिए । एउटाबाहेक अन्य सबै फछ्र्यौट भएको अदालतले जनाएको छ । अभद्र व्यवहार गर्ने मुद्दा तीन, कर्तव्य ज्यान मुद्दाका एक र सवारी ज्यान मुद्दाका एकवटा मुद्दाको फछ्र्यौट भएको श्रेस्तेदार बडूले बताउनुभयो । एउटा जबर्जस्ती करणीको मुद्दा भने फछ्र्यौट हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।