📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

राष्ट्रिय स्क्वाश प्रतियोगिता

🕒 August 4, 2022

चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वाश प्रतियोगिताअन्र्गत मास्टर खुलातर्फको विधामा दिलीप अधिकारी फाइनल पुग्नुभएको छ ।

दिलीप अधिकारीले कर्नेल इन्द्रबहादुर कार्कीलाई २–१ ले पछि पार्दै फाइनल पुग्नुभएको हो । यसैगरी आजै भएको दोस्रो सेमिफाइन खेलको प्लेट च्याम्पियनसिपतर्फको विधामा राजकृष्ण महर्जनले कमल शाक्यलाई ३–१ ले पराजित गर्दै फाइनलमा पुग्नुभयो ।

राजकृष्णले कमललाई ४–११, ११–५, ११–९, ११–९ स्कोरले पराजित गर्नुभएको हो । सोही विधाको अर्को खेलमा प्रयाग जोशीले जुनिल शाक्यलाई ३–१ ले पराजित गर्नुभयो । प्रयागले जनिलमाथि १२–१०, ११–३, ८–११, ११–३ को स्कोरले पाखा लगाउनुभयो ।

शुक्रबार पुरुष खुला, मास्टर खुला, महिला खुला तथा छात्र यु–१९ विधाका सेमिफाइनल खेल सञ्चालन हुनेछ । प्रतियोगिता यही साउन २१ गतेसम्म सञ्चालन हुनेछ ।