📅 2083 साल जेठ 20 , शुक्रबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

रास्वपाले परिवर्तन ग-यो चुनाव चिन्ह

🕒 March 1, 2023

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीको चिन्हमा केहि परिवर्तन गरेको छ।

रास्वपाले गोलाकारभित्रको घण्टी रहेकोमा गोलाकार हटाएर घण्टी मात्र राखिएको एक विज्ञप्तिमार्फत जनाएको छ। यसअघि रास्वपाको घन्टी चिन्हमा गोलाकार भित्र घन्टी रहेको थियो। अहिले उक्त गोलाकार चिन्हलाई हटाइएको छ।

‘पार्टीले निर्वाचन आयोगमा पेश गरेको पार्टीको विधानको अनुसूची २ मा रहेको साविक चुनाव चिन्ह सम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पेश गरेको संशोधन प्रस्तावलाई आयोगको मंगलबार बसेको बैठकले स्वीकृत गरेसँगै अब पार्टीको चुनाव चिन्ह ‘घण्टी’कायम भएको जानकारी सम्बन्धित सबै सरोकारवालाहरुलाई गराउँदछौं ।’ रास्वपाको बिज्ञप्तिमा उल्लेख छ।

चितवन निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन आगामी बैशाख १० गते हुँदै छ।