📅 2083 साल जेठ 20 , शुक्रबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

खेलाडी र उद्यमीलाई सम्मान गर्दै सातौं स्थापना दिबस मनाउँदै रिटर्नी माईग्रेट नेपाल

🕒 August 6, 2024 ✍ न्युज नेपाल संबाददाता

निरु गौतम कावासोती/रिटर्नी माईग्रेट नेपालले आफ्नो सातौं स्थापना दिबस र अन्तराष्ट्रिय युवा दिवस एकसाथ मनाउने भएको छ ।

अन्तराष्ट्रिय युवा दिवसको अबसरमा “युवामैत्री शासन प्रवर्द्धन गर्दै युवामा लगानी गरौ” नाराको साथ तीनै तहका सरकार, निजी क्षेत्र र नागरिक संघसंस्थाहरुसँगको सहकार्यमा श्रवण २६ गते गण्डकी प्रदेशको नवलपुर , गोर्खा र कास्की जिल्लामा भब्यताको साथमा दिबस मनाउन लागिएको रिटर्नी माईग्रेट नेपाल गण्डकी प्रदेश संयोजक नेत्र थनेतले जानकारी दिनुभयो ।

साथै रिटर्नी माईग्रेट नेपालले अन्तराष्ट्रिय युवा दिवस पारेर विभिन्न सम्मान कार्यक्रम सहित आफ्नो सातौ स्थापना दिबस मनाउन लागिएको जिल्ला अध्यक्ष रेशम खत्रीले जानकारी दिनुभयो । नवलपुर जिल्लाका राष्ट्रिय खेलाडी , रिटर्नी उद्यमी , पत्रकार लगायतलाई सम्मान गरेर स्थापना दिवस मनाउन लागिएको उहाले बताउनु भयो ।

कार्यक्रम साउन २६ गते शनिबार नवलपुर चिस्यान केन्द्र कावासोती – १४ अग्योलीमा हुने जनाईएको छ । विदेशमा आर्जित ज्ञान र सिप स्वदेशका लागी भन्ने मुल नाराका साथ २०७५ सालमा स्थापना भएको संस्थामा बैदेशिक रोजगारबाट फर्केकाहरु जोडिदै आएका छन् ।