शुक्रबार , जेठ १०, २०८२
विकास र सुशासनको नीतिमा एमाले स्पष्ट छ ः अध्यक्ष ओली – News Nepal Media
Trend

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि चौतर्फी चुनौती खडा गर्न खोजिए पनि विकास र सुशासनको नीतिका आधारमा देशलाई अघि बढाउन पार्टी प्रतिबद्ध भएको बताउनुभएको छ ।

सो पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले पार्टीमा वैचारिक स्पष्टता, साङ्गठनिक सुदृढता कायम गरेर अघि बढ्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले सल्लाहकारको अनुभव र ज्ञानबाट पार्टीले लाभ लिनसक्ने बताउनुभयो ।

परिषद्का अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा सम्पन्न बैठकमा परिषद्मा पछिल्लो समयमा थपिएकासहित सदस्यले सपथ लिनुभएको थियो ।

यसैबीच नेकपाको ७३औँ स्थापना दिवसका अवसरमा यही वैशाख ९ गते एमालेले स्थानीय तहका लागि केन्द्रस्तरमा र पालिकास्तरमा एकैसाथ घोषणापत्र सार्वजनिक गर्दैछ । घोषणापत्र सार्वजनिक गरिने कार्यक्रममा ज्येष्ठ कम्युनिष्टको पनि सम्मान गरिँदैछ । एमालेले सोही दिनदेखि केन्द्रीय कार्यालयलाई थापाथलीबाट सारेर च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP