मंगलबार , बैसाख ९, २०८२
बाटो काट्ने क्रममा बसले ठक्कर दिंदा एक महिलाको मृत्यु – News Nepal Media
Trend

हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका–९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुर नगरपालिका–७ कोदारकी ४५ वर्षीया सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ४ बजे झापाको काँकडभिट्टाबाट स्याङ्जातर्फ जाँदै गरेको ना५ख ६१०३ नंको बसकी यात्रु मिजारलाई बाटो काट्ने क्रममा नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको लु२ख ४६०७ नंको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

गम्भिर घाइते मिजारको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताउनुभयो । उनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ । मिजारलाई ठक्कर दिने बसका चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ४० वर्षीय सिमबहादुर पल्ली मगरलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने


TOP