खजुराद्वारा अनाथ बालबालिकालाइ संरक्षण – News Nepal Media
Trend

बाँके खजुरा गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बन्ने भएको छ ।

खजुरा–२ गाउँस्थित गौरीनगरमा भवन बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा भवन निर्माणका लागि रु ५० लाख विनियोजन गरिएको छ । मङ्गलबार भवनको शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने उद्देश्यले भवन बनाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाभित्र रहेका बाबु, आमा नभएका बालबालिकालाई पालिकाले नै संरक्षण गर्ने र पढाउने नीति अघि सारेको छ, सोहीअन्तर्गत नै यहाँ भवन बन्न लागेको हो ।”

अभिभावकविहीन बालबालिकालाई गाउँपालिकाले स्याहार गर्ने र पढाउने भएपछि १८ बालबालिका सम्पर्कमा आइसकेको गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभित्र ५० बालबालिका अभिभावकविहीन भएको हुनसक्ने आङ्कलन गरिएको छ । =

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

आजका लागि विदेशी मुद्राको विनिमय दर

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै


TOP