मंगलबार , साउन १४, २०८२
सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा – News Nepal Media
Trend

सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लिले जापानमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै सेवा शुल्कमा विशेष छुट दिने घोषणा गरेको छ। कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूको समयको सदुपयोग गराउने उद्देश्यसहित कलेजले ५० प्रतिशत छुटको घोषणा गरेको हो।

कलेजका प्रिन्सिपल वाइबी पौडेलका अनुसार यो छुट टोल विकास संस्था, आमा समूह, स्कुल तथा कलेज, मिडिया हाउस, व्यवसायिक संस्था, कलाकार र पत्रकार संघ संस्थाबाट सिफारिस लिएर आउने विद्यार्थीहरूका लागि उपलब्ध हुनेछ। उहाले भन्नुभयो “दलित, जनजाति, मधेसी तथा पछाडि परेका समुदायले सिफारिस बिना नै यो छुट प्राप्त गर्न सक्नेछन्।”

कलेजले जापानको टोकियो, ओसाका, नागोया, फुकुओका, सेन्दाईलगायतका सहरहरूमा विद्यार्थीहरूलाई पठाउँदै आएको छ। युनिभर्सिटी छनोटदेखि भर्ना प्रक्रिया, भाषा कक्षा, भिसा आवेदन तथा सिओर्ई (Certificate of Eligibility) सम्मको सम्पूर्ण प्रक्रिया कलेजले नै सम्हाल्ने जनाएको छ। पछिल्लो इन्टेकमा कलेजबाट प्रोसेस भएका ९७ प्रतिशत विद्यार्थीले सफलतापूर्वक सिओर्ई प्राप्त गरेका छन्।

कलेजमा हाल जापानी भाषाका लागि जापानी प्रशिक्षक साइतो सिगेरु, र IELTS तथा PTE कक्षाहरूका लागि बेलायती प्रशिक्षक लि विलियमले गेस्ट कक्षा सञ्चालन गरिरहेका छन्। कलेजले जापानमै आफ्नै शाखा कार्यालय पनि सञ्चालन गरिरहेको बताइएको छ।

सेन्ट्रल कलेजले भाषा कक्षाका लागि भरतपुर ओरालोस्थित मुख्य कार्यालय र टाँडी सौराहा चोक तथा थानाचोक कावासोतीस्थित शाखा कार्यालयहरूबाट सेवा दिइरहेको छ। साथै, IELTS, PTE, TOEFL, अंग्रेजी, जापानी, कोरियन भाषा कक्षा तथा कम्प्युटर र होटल प्राविधिक तालिम पनि सञ्चालन गरिरहेको छ।

कलेजले विद्यार्थीहरूको बसोबासका लागि होस्टेल सेवा र टाढाबाट आउने विद्यार्थीका लागि यातायात सेवा समेत उपलब्ध गराउँदै आएको छ। प्रिन्सिपल पौडेलले इच्छुक विद्यार्थीहरूलाई समयमै सम्पर्क गरेर परामर्श लिन आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP