बिहिबार , असार २६, २०८२
योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा शान्त हुनु हो ः मन्त्री आले – News Nepal Media
Trend

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र अध्यात्मिक रुपले उच्च चेतनायुक्त भएर जिउने कला भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय मूल समारोह समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले मन र मष्तिस्कको सन्तुलन नै योग भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आम नागरिक निरोगी बन्न तथा मन र मष्तिस्कको सन्तुलन कायम गर्न योग गर्न आवश्यक छ, मानव जीवनमा योगको अत्ति नै आवश्यक रहेको छ ।”

मन्त्री आलेले सन्तुलित, शारीरिक र मानसिक रुपले संयमतापूर्वक निर्वाह गरिने मानव सम्बन्धहरुको सन्तुलन नै योगको सार भएको बताउनुभयो । सजगता, संयमता र लगनशीलता जस्ता महत्वपूर्ण मूल्यहरुमार्फत सकारात्मक सोचको विकास गर्न योगले निकै मदत गर्नेसमेत उहाँले जानकारी गराउनुभयो । मानसिक र आध्यात्मिक शान्ति र सन्तुलन मात्र नभई योगले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने उहाँले बताउनुभयो । स्वस्थ, स्वास्थ्य तथा सन्तुलित सम्बन्धले व्यक्ति मात्र नभई समुदायमा समेत स्वच्छता र सहिष्णुता प्रवद्र्धन गर्ने भएकाले आम नागरिकले योग गर्न आवश्यक रहेको मन्त्री आलेको भनाइ थियो ।

उहाँले थप भन्नुभयो, “हामीले हाम्रो मन्त्रालय र मातहतका निकायबाट योगलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम पनि ल्याएका छौँ, योग गर्नुपर्ने बानीको विकास गर्ने छौँ ।” अन्तर्राष्ट्रिय मूल समारोह समितिका उपसंयोजकसमेत रहनुभएका मन्त्री आलेले योगलाई अध्ययन र सिकाइको विषय बनाई यसका बारे अध्यापन गराउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?


TOP