बुधबार , असार ६, २०८१
News Nepal Media
Trend

जुम्लाको तरकारी निर्यात
जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ । यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ ।

कारितास जर्मन र कारितास नेपालको सहयोगमा पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित एकीकृत खाद्य सुरक्षा विपद् जोखिम न्यूनीकरण जलवायु अनुकूलन परियोजना सञ्चालनमा छ । यो परियोजनाको सहयोगमा सञ्चालित रारालिही कृषि सङ्कलन केन्द्रले स्थानीयस्तरमा उत्पादित सङ्कलित कृषिजन्यवस्तु दैलेख, जुम्ला, कालीकोट र मुगु जिल्लासम्म ढुवानी भएको छ । कृषि सङ्कलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहराका अनुसार सात क्विन्टल जुम्ला, १३ क्विन्टल मुगु, नौ क्विन्टल दैलेख, सात क्विन्टल कालीकोट र तीन क्विन्टल स्थानीय रारालिही बजारमा गोलभेडा बिक्री गरिएको छ ।

यस्तै एकसय पाँच क्विन्टल स्याउ सुर्खेत र अछाममा बिक्री गरी १२ लाख बराबरको कारोबार गरिएको छ । आलुखेती उत्पादन घट्दो क्रममा रहेकाले स्थानीय आलुको उत्पादन बढाउन आइपिएम विधिमार्फत आलुबाली कृषक पाठशाला सञ्चालन गरिएको छ । उन्नत प्रविधि र परम्परागत प्रविधिमा आलु रोप्ने गरिन्छ । दुवै गरी पाँच सय वर्ग मिटरमा आलुखेती गरिएको परियोजना संयोजक हेमराज भट्टले जानकारी दिनुभयो । पाठशाला पेस नेपालको समर्थनमा निर्माण भएको सुधारशील कृषक समूहमा १६ हप्तासम्म सञ्चालन गरिएको हो । पाठशालाको अन्तमा उन्नत प्रविधिबाट छ क्विन्टल र परम्परागत प्रविधिमार्फत चार क्विटल आलु उत्पादन भएको हो । उन्नत प्रविधिबाट आलुको उत्पादनमा वृद्धि भएपछि कृषकले उन्नत प्रविधितर्फ अग्रसर भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल ~ वि.सं. २०८१ ज्येष्ठ २६ गते शनिवार : श्री दाउन्ने देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP