१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ – News Nepal Media
Trend

ओखलढुंगामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खिजिदेम्बा गाउँपालिका-८ बस्ने २१ वर्षीय लाक्पा शेर्पा रहेका छन्। उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

शेर्पाले ती किशोरीलाई सिद्धिचरण नगरपालिका-११ रमाईलोडाँडास्थित होटलमा सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो। सोहि आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ।

अहिले उक्त घटनाको विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP