२५४ केजी गाँजा सहित नवलपुरमा १ जना भारतीय नागरिक पक्राउ – News Nepal Media
Trend

नवलपुर , माघ ९

नवलपुरमा सशस्त्र प्रहरीको टोलीले आज २ सय ५४ केजी गाँजा सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नवलपुरको गैडाकोट नगरपालिका १० पितौजीमा नेपालबाट भारत जाँदै गरेको जे एच ०२ यु ७०५० नम्बरको भारतीय ट्रकमा लुकाइ छिपाई ल्याएको २० प्याकेट ९२५४ के.जि.५४ ग्राम० गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गुल्म पितौजीले जनाएको छ ।

भारतको उत्तर प्रदेश जिल्ला अलिगण बिजयगण गाँउ बस्ने बर्ष ४० को पुष्कल यादवलाई पनि पक्राउ गरेको छ ।
बरामद गाँजा र ट्रक, ट्रक चालकलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP