बिहिबार , असार २६, २०८२
कावासोतीमा अव्यवस्थित होडिङ बोर्ड हटाउन ७ दिने अल्टिमेटम – News Nepal Media
Trend

कावासोती नगरपालिकाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोक–चोक र सडकबीच अव्यवस्थित रूपमा राखिएका होडिङ बोर्ड हटाउन ७ दिनको अल्टिमेटम दिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलद्वारा जारी सूचनामा निर्धारित समयमा बोर्ड नहटाए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ। सूचनामा यस्ता होडिङ बोर्डहरूले यातायात व्यवस्थामा अवरोध गर्नुका साथै नगरको सुन्दरतामा समेत असर पु¥याएको जनाइएको छ।

नारायणघाट–बुटवल सडक खण्ड कालोपत्रे भएसँगै चोक–चोकमा व्यापार प्रवर्द्धन, धार्मिक प्रचारलगायतका उद्देश्यले होडिङ बोर्ड राख्ने प्रवृत्ति बढ्दो छ। नगरपालिका व्यवस्थापनमा जुटेको जनाउँदै सरोकारवालालाई समयमै होडिङ बोर्ड हटाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी


TOP