व्यासको प्रमुख र उपप्रमुखमा कांग्रेस अग्रस्थानमा – News Nepal Media
Trend

व्यास नगरपालिकामा बुधबार साँझदेखि थालेको मतगणना हालसम्म जारी रहेको छ । कूल खसेको तीस हजार २४७ मतमध्ये चौबीस हजार १८७ मतगणना कार्य सम्पन्न भएको छ । शनिबार दिउँसोसम्म स्वतन्त्र उम्मेदवारले अग्रता कायम गर्दै आए पनि साँझदेखि नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ ।

आज बिहानसम्मको मतपरिणाम अनुसार कांग्रेसका बैकुण्ठ न्यौपानेले नौ हजार ८२२ र स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले नौ हजार ६०६ मत पाउनुभएको छ । कांग्रेस २१७ मतले अग्रस्थानमा रहेको छ ।

त्यसैगरी उपप्रमुखमा कांग्रेसका इन्दिरा दरैले दश हजार ९१३ र एमालेकी बसुन्धरा घर्ती आठ हजार ३०७ मत पाउनुभएको छ । दरै दुई हजार ६०६ मतले अग्रस्थानमा हुनुहुन्छ । व्यासमा चौध वडा रहेका छन् । अब कूल छ हजार ६० मतगणना गर्न बाँकी छ । सोमबार बिहानसम्म सबै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रेस सेन्टर नेपाल, नवलपुरद्वारा २१औं स्थापना दिवसको अवसरमा खाद्यान्न सामग्री वितरण

प्रेस सेन्टर नवलपरासी अध्यक्षमा खनाल निर्वाचित

नवलपुर महोत्सवमा भोलि देखि रत्यौली प्रतियोगिता

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

नवलपुरमा करेन्ट लागेर जाजरकोटका युवाको मृत्यु

नवलपुर महोत्सवमा संस्थागत रूपमा सहभागी नहुन जनजाति महासंघको निर्देशन


TOP