गाई शीर्षकको कला प्रदर्शनी सम्पन्न – News Nepal Media
Trend

गाईजात्रा एवं श्रीकृष्ण जन्माष्टमीको अवसर पारी पोखराको चिप्लेढुङ्गास्थित नगेन आर्ट एकेडेमीमा आयोजना गरिएको ‘गाई’ शीर्षकको कला प्रदर्शनी सम्पन्न भएको छ ।गत साउन २६ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालित प्रदर्शनीमा कलाका क्षेत्रमा रुचि राख्ने एक हजारभन्दा बढी व्यक्ति सहभागी भई अवलोकन गरेको नगेन आर्ट एकेडेमीका अध्यक्ष ज्योति हमालले जानकारी दिनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य एवं विश्व हिन्दू युवा सङ्घ ललितकला विभाग प्रमुख कलाकार नगेन सिंहद्वारा ‘अल्कोहलिक ईंक’ का माध्यमद्वारा बनाइएका २१ वटा चित्र प्रदर्शनीमा राखिएका थिए ।
समापनका अवसरमा विश्व हिन्दू महासङ्घका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले गाईको अस्तित्व नै धरापमा परिरहेको समयमा गरिएको प्रदर्शनीले विशेष महत्व झल्काउने बताउनुभयो । विश्व हिन्दू युवा सङ्घका केन्द्रीय अध्यक्ष ऋषिकेशजङग शाहले गाईको महत्वलाई बुझ्न नसकिएको बताउँदै यसको संरक्षणका लागि आम जनमानसमा सचेतना अभिवृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।
विश्व हिन्दू महासङ्घका केन्द्रीय सदस्य इन्दिरा कोइराला, कलाकार नगेन सिंह, एकेडेमीका अध्यक्ष ज्योति हमाललगायतले गाईको महत्वलाई उजागर गर्न नसक्दा यसको अस्तित्व नै सङ्कटमा पर्दै गएको धारणा व्यक्त गर्नुुभयो ।
शिशु निकेतन स्कुलकी कक्षा ४ मा अध्ययनरत छात्रा रुक्साङ पुनले माटोबाट तयार गर्नुभएको गाईको मूर्ति विश्व हिन्दू महासङ्घका अध्यक्ष अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
–––गाई शीर्षकको कला प्रदर्शनी सम्पन्न

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

TOP