बिहिबार , बैसाख ११, २०८२
सगरमाथा आरोही महर्जनद्वारा खेलाडीलाई प्रशिक्षण – News Nepal Media
Trend

विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरेकी पहिलो महिला पत्रकार कल्पना महर्जनले विभिन्न खेलाडीलाई प्रशिक्षण दिएकी छिन् । उनले सहभागी खेलाडीलाई ‘क्लाइम्बिङ’ गराएकी हुन् ।

क्लाइम्बिङ खेललाई प्रवद्र्धन गर्न आइतबारदेखि राजधानीमा प्रारम्भ भएको साताब्यापी अभ्यासका क्रममा महर्जनले सोमबार खेलाडीलाई क्लाइम्बिङ गराएकी हुन् । धुम्बाराहीस्थित पासाङ ल्हामु स्पोटसर्् क्लाइम्बिङमा अभ्यास गराइएको हो । ‘संस्कृति र साहससँगसँगै’ नाराका साथ ‘तीज अन दी वाल’ कार्यक्रमका क्रममा खेलाडीलाई क्लाइम्बिङ गराइएको ‘क्लाइम्बिङ स्पोटर्स् एसोसिएसनका अध्यक्ष हरि घरलेले जानकारी दिनुभयो ।

तीजलाई फरक ढङ्गमा मनाउने उद्देश्यका साथ एकसाताको ‘तीज अन दी वाल’ सुरु गरिएको हो । कार्यक्रमअन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका व्यक्तिलाई क्लाइम्बिङ अभ्यास गराउने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो । गत वर्षदेखि तीजको अवसरमा कार्यक्रम आयोजना गरिँदै आएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP