प्रतिनिधिसभा समानुपातिकतर्फ कुन दलले कति मत पाए ? – News Nepal Media
Trend

प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनाका आधारमा दलगत स्थिति हेर्दा नेकपा (एमाले) अग्रस्थानमा देखिएको छ ।

निर्वाचन आयोगको मङ्गलबार राति साढे ११ बजेसम्मको मतपरिणाम विवरणानुसार एमालेले एक लाख ५९ हजार ५० मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले एक लाख ३८ हजार चार सय ४६ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या ७० हजार सात सय ९५ रहेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)को ६६ हजार नौ सय ११, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३७ हजार तीन सय ३५ र जनमत पार्टीको १२ हजार छ सय २६ रहेको निर्वाचन आयोगले जनाएको छ ।

यो अवधिसम्ममा समानुपातिकतर्फको मतगणनाअनुसार जनता समाजवादी पार्टी नेपालको १२ हजार एक सय ३८, नेपाल मजदुर किसान पार्टीको आठ हजार छ सय २१, नेकपा (एकीकृत समाजवादी)को आठ हजार पाँच सय ६१, नागरिक उन्मुक्ति पार्टीको सात हजार आठ सय ३० र अन्यको ३२ हजार तीन सय १९ मत रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै


TOP