कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै – News Nepal Media
Trend

नवलपुरको मध्यविन्दु नगरपालिकाले कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आयोजना गर्ने भएको छ । आगामी फागुन २२ देखि २४ गतेसम्म मध्यविन्दु–७ को नवजागरण माविको प्राङ्गढमा महोत्सव हुने नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

नवीनतम कृषि प्रविधि तथा उपकरणहरको प्रदर्शनी, परम्परागत रैथाने खानाको प्रवद्र्धन र संरक्षण गर्न, कृषक, उद्यमी तथा प्राविधिक र अनुसन्धानकर्ताबीच अन्तरक्रिया गर्ने अवसर सृजना गर्न महोत्सव आयोजना गरिएको नगरप्रमुख भिमलाल अधिकारीले जानकारी दिए ।

त्यस्तै स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्न, वित्तिय संस्थामार्फत कृषि कर्जाको लागि सहजिकरण र कृषि बाली तथा पशुपंक्षि विमाबाट कृषकलाई लाभान्वित गराउन महोत्सव फलदायी हुने उनको भनाइ छ ।

महोत्सवमा स्थानीय कृषकसहित विद्यार्थी, सरोकारवाला लगायत लाभन्विन हुने नगरपालिकाले जनाएको छ । तीन दिनसम्म चल्ने महोत्सवमा २५ हजार जनाले प्रत्यक्ष सहभागि भएर अवलोकन गर्ने र १८ लाख ५० हजार रुपियाँ खर्च हुने नगरपालिकाको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP