मंगलबार , साउन १४, २०८२
८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने – News Nepal Media
Trend

कावासोती । कावासोती-१६ डण्डामा गत माघ २५ गते देखि सन्चालन भईरहेको ८ औं नवलपुर महोत्सव फागुन १७ गते सम्म सन्चालन हुने भएको छ ।

नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलका अनुसार यस अघि फागुन १० सम्म सन्चालन हुने भनिएको महोत्सवको सन्चालनको समय बढाएर फागुन १७ सम्म पुर्‍याईएको हो ।
महोत्सवमा अहिले सम्म करिब ५० हजार दर्शकले अवलोकन गरेको आयोजकको दाबी छ । महोत्सवमा राखिएको फिस टनेलमा दर्शकहरुको उपस्थित बाक्लो देखिएकाले महोत्सवको समय थपिएको अध्यक्ष बैकुण्ठप्रसाद अर्यालले बताए ।

महोत्सवमा हरेक दिन हुने राष्ट्रिय कलाकार द्वारा सांगीतिक प्रस्तुतिमा समेत दर्शकको उल्लेखनिय उपस्थिती रहने गरेको उनले बताए । महोत्सवमा अहिलेसम्म बद्री पंगेनी, रचना रिमाल, एलिना चौहान, पशुपति शर्मा, रमेशराज भट्टराई, अर्जुन सापकोटा लगाएतकाले सांगीतिक प्रस्तुति दिईसकेका छ्न । शनिबार दुर्गेश थापाको प्रस्तुति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP