बिहिबार , बैसाख ११, २०८२
बर्डफ्लु पुष्टि भएपछि एक हजार पक्षी नष्ट – News Nepal Media
Trend

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ ।

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु पुष्टि भएको थियो । सो फर्ममा १०० भन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडौँ पठाइएको पशुपक्षी विकास निर्देशनालयका प्रमुख प्रचण्ड खड्काले जानकारी दिनुभयो । टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको थियो ।

टर्कीमा बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर फर्ममा रहेका टर्की, ब्रोइलर र लोकल कुखुरा नष्ट गर्न निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपश्चात् पशुपक्षी चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि ५०० मिटर क्षेत्रमा पालिएका पक्षी नष्ट गरिएको थियो ।

डिस्पोजल टोलीले बर्डफ्लु फैलिएको फर्ममा साना ठूला गरी करिब एक हजार २०० ब्रोइलर कुखुराका चल्ला, ८० टर्की र अन्य लोकल कुखुरा डिस्पोज गरेको निर्देशनालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP