ताप्लेजुङमा एकीकृत समाजवादीद्वारा उम्मेदवार सिफारिस – News Nepal Media
Trend

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छिरिङ लामाका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हर्क यक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराईको नाम सिफारिस गरिएको छ । यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ अम्बिका राजभण्डारी, डम्बरबहादुर तुम्बाहाम्फे र त्रिलोचन गुरागार्इंलाई सिफारिस गर्ने निर्णय भएको अध्यक्ष लामाले बताउनुभयो ।

यस्तै प्रदेशसभा (क) को प्रत्यक्षतर्फ शम्भु गौतम, सुनिता मादेन र डालकुमार गुरुङ तथा प्रदेशसभा (ख)को प्रत्यक्षतर्फ खेमबहादुर वनेम, मञ्जु पौडेल भट्टराई र ठाकुरसिंह नाल्वोलाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरिएको छ । प्रदेशसभा (क) को समानुपातिकतर्फ नीताकुमारी सिवा र अमर लोहार तथा प्रदेशसभा (ख) तर्फ आरसी पोमु र देवीमाया नेपालीको नाम सिफारिस गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रेस सेन्टर नेपाल, नवलपुरद्वारा २१औं स्थापना दिवसको अवसरमा खाद्यान्न सामग्री वितरण

प्रेस सेन्टर नवलपरासी अध्यक्षमा खनाल निर्वाचित

नवलपुर महोत्सवमा भोलि देखि रत्यौली प्रतियोगिता

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

नवलपुरमा करेन्ट लागेर जाजरकोटका युवाको मृत्यु

नवलपुर महोत्सवमा संस्थागत रूपमा सहभागी नहुन जनजाति महासंघको निर्देशन


TOP