‘अण्डरग्राउण्डमा’ सञ्चालित व्यवसाय खाली गर्न निर्देशन – News Nepal Media
Trend

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले आज पनि नयाँबानेश्वर स्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउण्ड तत्काल खाली गर्न निर्देशन दिएको छ ।

ती क्षेत्रको अवलोकनपछि उहाँले पार्किङका लागि निर्माण गरिएका स्थान सोही प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिनुभएको हो ।

तत्काल उक्त संरचना हटाएर नक्सा पासअनुरुप पार्किङको व्यवस्था गर्न निर्देशन दिएको छ । अल्फा हाउसको पार्किङ गर्नका लागि तय गरिएको स्थानमा ‘ल्याब’ सञ्चालन गरिएको छ भने शङ्खमूलको बर्गर हाउस बेसमेन्ट पार्किङमा सञ्चालित छ । यी दुवैलाई तत्काल हटाउन प्रमुख साहले निर्देशन दिनुभएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयो ।

त्यसैगरी अहिले नगर प्रहरी प्रमुखसहितको टोली गौशाला पुगेको छ टोलीले त्यहाँ मुक्तिनाथ विकास बैंक रहेको भवनको बारेमा जानकारी लिने र आवश्यकता अनुरुपको निर्देशन र कारबाहीको प्रक्रिया अघि बढाउने बताइएको छ ।

बानेश्वर र शङ्खमूल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीलाई भाडा दिएका ठाउँमा पनि उक्त टोलीले अवलोकन गरेको छ । अवैध संरचना हटाउनका लागि कामपाले यसअघि ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाको बेवास्ता गरे पनि कामपा ‘एक्सन’मा उत्रिनुपरेको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रेस सेन्टर नेपाल, नवलपुरद्वारा २१औं स्थापना दिवसको अवसरमा खाद्यान्न सामग्री वितरण

प्रेस सेन्टर नवलपरासी अध्यक्षमा खनाल निर्वाचित

नवलपुर महोत्सवमा भोलि देखि रत्यौली प्रतियोगिता

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

नवलपुरमा करेन्ट लागेर जाजरकोटका युवाको मृत्यु

नवलपुर महोत्सवमा संस्थागत रूपमा सहभागी नहुन जनजाति महासंघको निर्देशन


TOP