शनिबार , असार २८, २०८२
इलाममा विद्युत् आपूर्ति बन्द, सेवाग्राही मर्कामा – News Nepal Media
Trend

 

इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ ।

सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायत दैनिक कार्य प्रभावित भएको हो । बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द छ । विद्युत् अनियमितताले अन्य अनलाइनमार्फत हुने काम प्रभावित भएको बताइएको छ ।

सोमबार बिहानदेखि बन्द विद्युत् आपूर्ति मङ्गलबार पनि सहज हुन सकेन् । नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले विद्युत् आपूर्ति बन्दको कारण हालसम्म पत्ता लगाउन सकेको छैन । केन्द्रका प्रमुख बेगराज पौडेलले हालसम्म ‘फल्ट’ पत्ता लाग्न नसकेको जानकारी दिनुभयो । उहाँले इलाम सबस्टेशनबाट सदरमुकाममा वितरण गरिएको मुख्य लाइनमा समस्या रहेको हुनसक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP